Kathmandu Press

राष्ट्रको एकीकरणमा भानुभक्तको योगदान महत्वपूर्ण : सभामुख

आदिकवि भानुभक्त आचार्यको २११औं जन्मजयन्तीको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले भानुभक्तले भाषा र साहित्यमार्फत राष्ट्र निर्माणमा योगदान नगरेको आज नेपाल यस अवस्था पुग्न कठिन हुने बताए।
राष्ट्रको एकीकरणमा भानुभक्तको योगदान महत्वपूर्ण : सभामुख

काठमाडौं, असार २९ : सभामुख देवराज घिमिरेले भाषा र साहित्यको माध्यमबाट नेपालको एकीकरण गर्ने गर्ने सवालमा नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको महत्वपुर्ण योगदान रहेको बताएका छन्।

शनिबार भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११औं जन्मजयन्तीको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले भानुभक्तले भाषा र साहित्यमार्फत राष्ट्र निर्माणमा योगदान नगरेको आज नेपाल यस अवस्था पुग्न कठिन हुने बताए।

Hardik ivf

‘हुन त भानुभक्तले त्यतिबेलाको अध्यात्मिक रामायण, खासगरि संस्कृतमा लेखिएको रामायणको उल्था गरेको भन्ने सुनिन्छ,’ उनले भने, तर उल्थामात्र नभएर रामले समाजलाई गरेको योगदान, सामाजिक क्षेत्रमा गर्नुपर्ने सद्भाव र सहि कामका लागि सहिष्णुता र सहयोगको भावनाबाट प्रेरित गरेर संस्कृतमा लेखिएको रामायणलाई नेपालीमा ढाल्ने कामहरू गरियो।’

नेपाल एकिरकण गर्ने सन्दर्भमा तत्कालिन राजा पृथ्वीनारायण शाहले राष्ट्रलाई भौगोलिक रुपबाट एक ठाउँमा ल्याउने ऐतिहासिक आन्दोलन गरेजस्तै भानुभक्तले भाषा र साहित्यको माध्यमबाट उतिक्कै महत्वपुर्ण अभियान थालेको बताए।

‘नेपाल एकिरकण गर्ने सन्दर्भमा तत्कालिन राजा पृथ्वीनारायण शाहले जसरि राष्ट्रलाई भौगोलिक रुपबाट एक ठाउँमा ल्याउने ऐतिहासिक आन्दोलन गर्नुभयो। त्यो समयमा विर रस, भक्ति रस र राष्ट्र एकिकरण गरेर ठुलो राष्ट्रका स्वाभिमानी नेपाली बन्ने चाहानामा आधारित केहि कविताहर आए,’ उनले भने, ‘खासगरि १८७२को सुगौली सन्धीमा राष्ट्र निर्माण गर्ने कुरामा धक्का खाएर नेपाल खुम्चिरहँदा साहित्यले पारिरहेको प्रभाव र कविहरुले रचना गरिरहेका कविताहरुमा निराशा छाएको पाइन्छ। त्यसपछि दशरथका छोरा रामको रचना गर्ने कुराहरुमा आदिकवि भानुभक्तले अग्रसरता लिएको पाइन्छ।’

प्रकाशित मिति: १०:४४ बजे, शनिबार, असार २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्