Kathmandu Press

प्रधानमन्त्रीमा ओलीको दाबी पेस

प्रधानमन्त्रीमा दावी पेश गर्न ओली कांंग्रेस सभापति शेरबहादुर देउवालाई लिएर राष्ट्रपति कार्यालय शितलनिवास पुगेका थिए।
प्रधानमन्त्रीमा ओलीको दाबी पेस

काठमाडौं, असार २८ : एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका छन्।

शुक्रबार साँझ नै राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए। सोही आव्हान बमोजिम ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेश गरेका छन्।

Hardik ivf

प्रधानमन्त्रीमा दावी पेश गर्न ओली कांंग्रेस सभापति शेरबहादुर देउवालाई लिएर राष्ट्रपति कार्यालय शितलनिवास पुगेका थिए।

ओलीले संसद्‌को पहिलो दल कांग्रेसका ८८ र दोस्रो दल एमालेका ७७ गरी १६५ सांसदको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन्।

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत माग्दै राखेको प्रस्ताव प्रतिनिधिसभाबाट अस्वीकृत भएपछि संसद् सचिवालयले दाहालले विश्वासको मत लिन नसकेको जानकारी राष्ट्रपति कार्यालयलाई गराएको थियो  लगत्तै राष्ट्रपति पौडेलले नयाँ सरकार गठनका विषयमा कानुनविद्‌हरुसँग छलफल गरेका थिए।

 

प्रकाशित मिति: २२:१६ बजे, शुक्रबार, असार २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्