Kathmandu Press

धारा ७६(२) अनुसार सरकार गठनका लागि आव्हान

राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधिसभाको दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दाबी पेस गर्न आव्हान गरेका छन्।
धारा ७६(२) अनुसार सरकार गठनका लागि आव्हान

काठमाडौं, असार २८ : राष्ट्रपति रामचन्द्र पौडेल नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्।

राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधिसभाको दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दाबी पेस गर्न आव्हान गरेका छन्।

Hardik ivf

सरकारको दाबी पेश गर्नका लागि उनले आइतबार अपराह्न ५ बजेसम्मको समय दिएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रतिनिधिसभाबाट विश्वासको मत पाउन असफल भएपछि राष्ट्रपति पौडेलले नयाँ सरकार गठनका लागि आव्हान गरेका थिए।

त्यसअघि राष्ट्रपति पौडेलले कानुनविद्हरुसँगको छलफल गरेका थिए। कानुनविद्हरुको सुझावका आधारमा राष्ट्रपति पौडेलले संविधानको धाराा ७६(२) बमोजिम सरकार गठनको आव्हान गरेका हुन्।

संसद्को दुई ठूला दलबीच एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भइरहेको छ। कांग्रेस र एमालेले दुई तिहाइभन्दा बढी सांसदको समर्थनमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने तयारी गरेका छन्।

Rastrapati-sarkar-Ahwan-1720796363.jpg
 
प्रकाशित मिति: २०:४४ बजे, शुक्रबार, असार २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्