Kathmandu Press

आव्हान लगत्तै सरकारमा दाबी पेश गर्ने कांग्रेस–एमालेको तयारी, देउवा र ओलीले गरे हस्ताक्षर

प्रतिनिधिसभाको बैठकपछि संसद् भवन बानेश्वरमा एमाले र कांग्रेस नेताहरुबीच छलफल भएको थियो। सो छलफलपछि आवश्यक काजातमा दुवै दलका अधयक्षले हस्ताक्षर गरेका हुन्।
आव्हान लगत्तै सरकारमा दाबी पेश गर्ने कांग्रेस–एमालेको तयारी, देउवा र ओलीले गरे हस्ताक्षर

काठमाडौं, असार २८ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनका लागि आह्वान गरेलगत्तै एमाले र कांग्रेसले दाबी पेश गर्ने भएका छन्।

त्यसका लागि नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा एमाले अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाबी पेश गर्ने पत्रमा हस्ताक्षर गरेका छन्।

Hardik ivf

प्रतिनिधिसभाको बैठकपछि संसद् भवन बानेश्वरमा एमाले र कांग्रेस नेताहरुबीच छलफल भएको थियो। सो छलफलपछि आवश्यक काजातमा दुवै दलका अधयक्षले हस्ताक्षर गरेका हुन्।

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा विश्वासको मतका लागि राखेको बहुमतले अस्वीकृत भएपछि नयाँ सरकार गठनको बाटो खुलेको छ।

प्रकाशित मिति: २०:२४ बजे, शुक्रबार, असार २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्