Kathmandu Press

संसदमा सशक्त प्रतिपक्षकाे भूमिका खेल्छाैं : सांसद सापकाेटा

‘मलाई लाग्छ उहाँहरुले ठिक तरिकाले पारदर्शी तरिकाले काम गर्न सक्ने गुन्जाएस त देखिँदैन्,’ उनले भने, ‘ठिक तरिकाले जनताका मुद्धाहरुलाई आवाजका रुपमा संसदमा सशक्त प्रतिपक्षका रुपमा भूमिका खेल्छौं।’
संसदमा सशक्त प्रतिपक्षकाे भूमिका खेल्छाैं : सांसद सापकाेटा

काठमाडौं, असार २८ : नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले अब माओवादीले सशक्त प्रतिपक्षका रुपमा भूमिका खेल्ने बताएका छन्।

संसदभवन परिसारमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले सरकारमा जाने दलहरुले पारदर्शी तरिकाले काम गर्न सक्ने गुन्जाएस नभएको भन्दै जनताका मुद्धाहरुलाई संसदमा सशक्त प्रतिपक्षका रुपमा भूमिका खेल्ने बताए।

Hardik ivf

‘मलाई लाग्छ उहाँहरुले ठिक तरिकाले पारदर्शी तरिकाले काम गर्न सक्ने गुन्जाएस त देखिँदैन्,’ उनले भने, ‘ठिक तरिकाले जनताका मुद्धाहरुलाई आवाजका रुपमा संसदमा सशक्त प्रतिपक्षका रुपमा भूमिका खेल्छौं।’

उनले राजनीति राजनेताहरुले होईन्, कर्पोरेट हाउसका बिचौलियाहरुले सञ्चालन गरेको भन्दै आगामी दिनमा यी कुराहरु संसदमा आवाजका रुपमा उठाउने बताए।

‘राजनीति, राजनीति दलका कार्यहरु र नेताहरुबाट परिचालित होइन्, बिचौलिया, कर्पोरेट हाउसहरुबाट राजनीति बढि परिचालित भयो यसले राम्रो संकेत गरेको छैन्,’ उनले भने, ‘राजनीति राजनेताहरुले होईन्, कर्पोरेट हाउसका बिचौलियाहरुले सञ्चालन गर्ने भयो। आगामी दिनमा पनि यी कुराहरु संसदमा आवाजका रुपमा उठाउँछौं।’

सापकोटाले विश्वासको मत पुग्दैँन् भन्ने थाहा भएपनि लोकतन्त्रको अभ्यास गर्न खोजेको भन्दै राष्ट्रपतिले कानून र संविधानमा रहेर निर्णय गर्ने आशा गरेको बताए।

प्रतिनिधिसभालाई प्रत्यक्ष निर्वाचनमा लाने कुरा कानूनी, राजनीतिक र जनमत विपरित रहेकाले स्वीकार्य नहुने उनको भनाई छ।

प्रकाशित मिति: १९:१० बजे, शुक्रबार, असार २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्