Kathmandu Press

प्रतिपक्षको भूमिका तगडाकासाथ निर्वाह गर्नेछौं : लामिछाने

उनले ठूलो पार्टीहरु एक ठाउँमा आइसकेपछि प्रतिपक्षमा झन् बढि जिम्मेवारी थपिएको भन्दै इमान्दारिताका साथ प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए।
प्रतिपक्षको भूमिका तगडाकासाथ निर्वाह गर्नेछौं : लामिछाने
Hardik ivf

काठमाडौं, असार २८ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिपक्षको भूमिका तगडाकासाथ निर्वाह गर्नका लागि तयार रहेको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चाकर्मीहरुसँग कुराकानी गर्दै उनले ठूलो पार्टीहरु एक ठाउँमा आइसकेपछि प्रतिपक्षमा झन् बढि जिम्मेवारी थपिएको भन्दै इमान्दारिताका साथ प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए।

‘ठूला दल मिलेपछि त प्रतिपक्ष अलि तगडा हुनुप¥यो त्यसकारण हामी तयार छौं। अलगअलग भूमिकामा निष्पक्षकासाथ काम गर्ने हो। इमान्दारिताका साथ काम गर्दा जुन सुकै भूमिकामा पनि त्यस्तो कुनै फरक पर्ने कुरा होइन्,’ उनले भने, ‘प्रतिपक्षमा झन् बढी जिम्मेवारी छ। किनभने ठूला पार्टीहरू एक ठाउँमा आइसकेपछि अझ बढी जिम्मेवार हुनुपर्छ।’

प्रकाशित मिति: १९:२० बजे, शुक्रबार, असार २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्