Kathmandu Press

दाहालले छाडे बालुवाटार

बालुवाटारबाट दाहाल खुमलटारस्थित आफ्नै सरेका छन्। १८ महिनापछि दाहाल खुलमटार सरेका हुन्।
दाहालले छाडे बालुवाटार

काठमाडौं, असार २८ : प्रधानमन्त्रीबाट पदमुक्त भएसँगै पुष्पकमल दाहालले सरकारी निवास बालुवाटार छाडेका छन्।

शुक्रबार संसदबाट दाहालले विश्वासको मत प्राप्त गर्न असफल भएका थिए। उनको पक्षमा ६३ र विपक्षमा १९४ मत परेको थियो। लगत्तै उनी प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए।

Hardik ivf

बालुवाटारबाट दाहाल खुमलटारस्थित आफ्नै सरेका छन्। १८ महिनापछि दाहाल खुलमटार सरेका हुन्।

प्रधानमन्त्रीबाट पदमुक्त हुने बित्तिकै दाहालले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका थिए।

अब राष्ट्रपति पौडेलले सरकार गठनका लागि आव्हान गर्नेछन्, त्यसका राष्ट्रपति पौडेलले कानुनविदहरुसँग छलफल गरिरेहका छन्।

राष्ट्रपति सरकार गठनका लागि आव्हान गरेलगत्तै कांग्रेस र एमालेबीचको सहमतिअनुसार एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीमा दाबी पेश गर्नेछन्।

प्रकाशित मिति: १९:१० बजे, शुक्रबार, असार २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्