Kathmandu Press

राष्ट्रपतिले संविधानविद्लाई छलफलमा बोलाए

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि राष्ट्रपति पौडेलले नयाँ सरकार गठनबारे छलफल गर्न संविधान र कानुनका जानकारलाई बोलाएका हुन्।
राष्ट्रपतिले संविधानविद्लाई छलफलमा बोलाए
फाइल तस्बिर।

काठमाडौं, असार २८ : नयाँ सरकार गठनबारे छलफल गर्न राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानुनविद्सँग परामर्श गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि राष्ट्रपति पौडेलले नयाँ सरकार गठनबारे छलफल गर्न संविधान र कानुनका जानकारलाई बोलाएका हुन्।

अहिले छलफलका लागि संविधानविद्हरू भीमार्जुन आचार्य, विपिन अधिकारी, हरिहर दाहाल, शम्भु थापा, गोपालकृष्ण घिमिरेलगायत शितलनिवास पुगेको जनाइएको छ।

संविधानको धारा ७६ (२) कि धारा ७६ (३) अनुरुप सरकार बन्ने बिषयमा स्पष्ट हुन राष्ट्रपतिले संविधानका विज्ञसँग सुझाव लिने छन् ।

प्रकाशित मिति: १८:५४ बजे, शुक्रबार, असार २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्