डोटीमा गोली हानेर एक महिलाको हत्या
डोटी, चैत २४ : डोटीको जोरायल गाउँपालिका–४ देउथलास्थित नङ्नी टोलकी २० वर्षीया अनिता वनको गोली हानी हत्या भएको छ।
वनको आइतबार राति....

डोटी, चैत २४ : डोटीको जोरायल गाउँपालिका–४ देउथलास्थित नङ्नी टोलकी २० वर्षीया अनिता वनको गोली हानी हत्या भएको छ।
वनको आइतबार राति गोली हानी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताउए। उनले भने, 'म घटनास्थलमै छु, कसले गोली हानेको हो भन्ने प्रमाणित भएको छैन, अनुसन्धानपछि सबै कुरो खुल्नेछ।'
भरुवा बन्दुकले मृतक महिलाको छातीमा गोली हानिएको इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख महेन्द्र थापाले बताए। घरमा वनको २२ वर्षीय श्रीमान् खड्क वन मात्रै भएकाले उनले नै हानेको हुनसक्ने स्थानीयले अनुमान गरेका छन्।
घरको माथिल्लो तलामा रहेका दुई कोठामध्ये भित्रपट्टीको कोठामा घटना भएको र सोही कोठाको एक कुनामा भरुवा बन्दुक ठड्याएर राखिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय जोरायलले जनाएको छ।
मृतक अनिताका श्रीमान् खडकले आफू घरको तल्लो तलामा रहेको समयमा गोली पड्किएको आवाज आएको र त्यसपछि श्रीमती भएको ठाउँमा जाँदा श्रीमती ढलेको देखेको प्रहरी समक्ष बयान दिएका छन्। प्रहरीको टोलीले खड्क वनलाई नियन्त्रणमा लिएको छ।
डडेल्धुराको भागेश्वर गाउँपालिका–५ बगरकोट सिराडी माइती घर भएकी अनिता र खड्कको गएको फागुन १३ गते विवाह भएको थियो। मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल पठाउने तयारी भइरहेको प्रमुख देउवाले बताए।










![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)
