Kathmandu Press

प्रधानमन्त्रीका लागि ओलीले आजै दाबी पेश गर्ने

त्यसपछि आजै प्रधानमन्त्रीका लागि एमले अध्यक्ष केपी शर्मा ओलीले दावी प्रस्तुत गर्ने तयारी छ।
प्रधानमन्त्रीका लागि ओलीले आजै दाबी पेश गर्ने

काठमाडौं, असार २८ : प्रधानमन्त्री पुष्पकमल दाहालले संसदबाट विश्वासका मत पाउन असफल भएपछि राष्ट्रपति रामचन्द्र पौडेलका लागि नयाँ सरकार गठनको प्रक्रिया थाल्न बाटो खुलेको छ।

प्रधानमन्त्री दाहालले विश्वासको मत गुमाएको पत्र राष्ट्रपति कार्यालयमा पुर्‍याउने तयारी भइरहेको छ। संसदबाट शितल निवासमा पत्र पुगेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनका लागि आह्वान गर्ने जनाइएको छ।

Hardik ivf

त्यसपछि आजै प्रधानमन्त्रीका लागि एमले अध्यक्ष केपी शर्मा ओलीले दावी प्रस्तुत गर्ने तयारी छ।

ओलीको प्रधानमन्त्रीका लागि दाबीपछि आजै प्रधानमन्त्रीको नियुक्ति हुने सम्भावना छ।

प्रकाशित मिति: १८:१३ बजे, शुक्रबार, असार २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्