Kathmandu Press

कास्की पहिरो : मृतक पाँच जनाको सामूहिक दाहसंस्कार

पहिरोमा मृत्यु भएका कुलबहादुरसहित उनकी आमा ८५ वर्षीया लक्षिमा, पत्नी ४३ वर्षीया मनकुमारी, १५ वर्षीया छोरी प्रशना र छिमेकी राधिका परियारको सेतीमा अन्त्येष्टि गरिएको हो।
कास्की पहिरो : मृतक पाँच जनाको सामूहिक दाहसंस्कार

कास्की, असार २८ : कास्कीको पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटमा गए रातिको पहिरोमा परेर मृत्यु भएका सातमध्ये पाँच जनाको सामूहिक दाहसंस्कार गरिएको छ।

पुरुनचौरका कुलबहादुर परियारको घर गए रातिको पहिरोमा पुरिँदा उनको परिवारका छसहित सातजनाको मृत्यु भएको थियो। मृतकमध्ये पाँचजनाको आज साँझ माछापुच्छ्रे गाउँपालिका–२ स्थित सेती नदीको चिन्तेबगर घाटमा सामूहिक दाससंस्कार गरिएको स्थानीयवासी किशोरप्रसाद गौतमले जानकारी दिए।

Hardik ivf

पहिरोमा मृत्यु भएका कुलबहादुरसहित उनकी आमा ८५ वर्षीया लक्षिमा, पत्नी ४३ वर्षीया मनकुमारी, १५ वर्षीया छोरी प्रशना र छिमेकी राधिका परियारको सेतीमा अन्त्येष्टि गरिएको हो।

मृतकहरूप्रति श्रद्धाञ्जलिका लागि पोखरा महानगर प्रमुख धनराज आचार्य, पोखरा–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, जनप्रतिनिधि तथा स्थानीयवासी पुगेका थिए।

सोही घटनामा मृत्यु भएका स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका बस्ने स्वर्गीय कुलबहादुरका छोरी प्रभा र ज्वाइँ अस्मित परियारको दाहसंस्कार भने अस्मितका बुबा वैदेशिक रोजगारीमा रहेकाले उनी स्वदेश आएपछि मात्र गरिने परिवारजनले जनाएको छ।

मृतक दुई जनाको शव अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ।

कास्कीका तीन छुट्टाछुट्टै स्थानमा गए रातिको पहिरामा परेर ११ जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति: १७:५६ बजे, शुक्रबार, असार २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्