राजनीतिक अस्थिरताले समस्या समाधान हुँदैन : सांसद केसी
‘कुनै पार्टीप्रतिको पूर्वाग्रह होइन तर लोकतन्त्र जोगाउन सकिन्छ कि सकिँदैन भन्ने चिन्ता हो,’ उनले भने, ‘हामी सत्ता समीकरणको पक्षमा पनि छैनौँ, नेपालको वामपन्थी एकैठाउँमा भए पनि भत्काउनुपर्यो।”
काठमाडौं, असार २८ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले १८ महिनामा पाँचौं पटक सरकार प्रमुखलाई विश्वासको मत दिने कि नदिने विषयमा छलफल भइरहनुले जनताको समस्या समाधान नहुने बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उनले राजनीतिक अस्थिरताले जनताको समस्या समाधान नहुने बताए।
सांसद केसीले बाढीपीडित नागरिकको घरघर जानुपर्ने बेला सरकारमा जान हानथाप हुनु उचित नभएको बताए।
‘कुनै पार्टीप्रतिको पूर्वाग्रह होइन तर लोकतन्त्र जोगाउन सकिन्छ कि सकिँदैन भन्ने चिन्ता हो,’ उनले भने, ‘हामी सत्ता समीकरणको पक्षमा पनि छैनौँ, नेपालको वामपन्थी एकैठाउँमा भए पनि भत्काउनुपर्यो।”
सांसद केसीले संविधानका आधारभूत कुरा संसोधन गर्न नपाइने बताए।
प्रकाशित मिति: १७:५३ बजे, शुक्रबार, असार २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार