Kathmandu Press

सरकार ढलेपछि दाहाल शितलनिवास पुगे

प्रतिनिधिसभामा पाँचौ पटकमा विश्वासको मत पाउन नसेकपछि संसद भवनबाट दाहाल सिधै शितल निवास पुगेका हुन्।
सरकार ढलेपछि दाहाल शितलनिवास पुगे

काठमाडौं, असार २८ : सरकार ढलेपछि पुष्पकमल दाहाल राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन्।

प्रतिनिधिसभामा पाँचौ पटकमा विश्वासको मत पाउन नसेकपछि संसद भवनबाट दाहाल सिधै शितल निवास पुगेका हुन्।

अहिले प्रधानमन्त्री दाहाल संसदमा भएकाे बिषयमा राष्ट्रपतिलाई रिपोर्टिङ गरिरहेको जनाइएको छ।

शुक्रबार संसदमा उनले विश्वासको मत पाउँ भनी राखेको प्रस्तावको पक्षमा ६३ मत परेको थियो विपक्षमा १९४ मत परेको थियो।

विश्वासकाे मत पाउन असफल भएसँगै दाहाल प्रधानमन्त्रीबाट पदमुक्त भएका छन्।

 

प्रकाशित मिति: १७:४७ बजे, शुक्रबार, असार २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्