Kathmandu Press

कास्कीमा पहिरोले पुरिएर १२ जनाको मृत्यु भएको पुष्टि

पहिरोमा पुरिएर कुलबहादुर परियार उनकी श्रीमती ४३ वर्षीया मनकुमारी परियार, आमा ८५ वर्षीया लक्षीमा परियार, छोरीहरू १५ वर्षीया प्रशना परियार, २० वर्षीया प्रभा परियार, ज्वाई २५ वर्षीय अस्मित परियार र सोही ठाउँ बस्ने ५६ वर्षीया राधिका परियार रहेका छन्।
कास्कीमा पहिरोले पुरिएर १२ जनाको मृत्यु भएको पुष्टि

कास्की, असार २८ : अविरल वर्षाको कारण पोखरा महानगरपालिका–१९ तल्लाकोट टारी बस्ने ४६ वर्षीय कुल बहादुर परियारको घर बिहीबार राति पहिरोले पुरिँदा सात जनाको मृत्यु भएको छ।

पहिरोमा पुरिएर कुलबहादुर परियार उनकी श्रीमती ४३ वर्षीया मनकुमारी परियार, आमा ८५ वर्षीया लक्षीमा परियार, छोरीहरू १५ वर्षीया प्रशना परियार, २० वर्षीया प्रभा परियार, ज्वाई २५ वर्षीय अस्मित परियार र सोही ठाउँ बस्ने ५६ वर्षीया राधिका परियार रहेका छन्।

Hardik ivf

साथै पहिरोमा पुरिएर घाइते भएका २ जनाको पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।

यसैगरी कास्की, पोखरा महानगरपालिका–३२ चैनपुर स्थित बाह्रबिसे बस्ने ४० वर्षीया आरती ओझाको घर गएराति पहिरोले पुरिँदा उनकी छोरीहरू १८ वर्षीया अनिता ओझा, ११ वर्षीया अनुष्का ओझा र उनकै दाइको छोरा ९ वर्षीय प्रतिक सुवेदीको मृत्यु भएको छ।

पहिरोले घर पुरिँदा अनिता मृत फेला परेको तथा अनुष्का र प्रतिक बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले खोजी तथा उद्दार गर्ने क्रममा अनुष्का र प्रतिकको शव फेला परेको हो।

अविरल बर्षाकै कारण मादी गाउँपालिका–११ तल्लो ताप्ले बस्ने ८० वर्षीया माईती कुमारी गुरूङको घर गएराति पहिरोले पुरिँदा माइती कुमारीको मृत्यु भएको छ।

पहिरोले घर पुरिँदा माईती कुमारीको इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा उनको शव फेला परेको थियो।

साथै उनको छोरा ५५ वर्षीय ओम बहादुर गुरूङलाई प्रहरीले सकुशल उद्दार गरेको छ।

प्रकाशित मिति: १७:२७ बजे, शुक्रबार, असार २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्