Kathmandu Press

विश्वासको मत नपाएपछि पदमुक्त भए प्रधानमन्त्री दाहाल

विश्वासको मत नपाएपछि दाहाल प्रधानमन्त्रीबाट पदमुक्त भएका छन्। डेढ वर्षमा ४ पटक विश्वासको मत पाएका दाहाल पाँचौं पटकमा विश्वासको मत पाउन असफल भएका हुन्।
विश्वासको मत नपाएपछि पदमुक्त भए प्रधानमन्त्री दाहाल

काठमाडौं, असार २८ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रतिनिधिसभाबाट विश्वासको मत पाउन असफल भएका छन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा दाहालले विश्वासको मत पाउँ भनी राखेको प्रस्तावको पक्षमा ६३ मत मात्र परेपछि उनले विश्वासको मत पाउन नसकेका हुन्।

Hardik ivf

शुक्रबारको बैठकमा उपस्थित २५८ मध्ये दाहालको विश्वासको मतको प्रस्तावको विपक्षमा उनको विपक्ष १९४ मत परेको छ भने १ मत तटस्थमा परेको थियो।

विश्वासको मत नपाएपछि दाहाल प्रधानमन्त्रीबाट पदमुक्त भएका छन्। डेढ वर्षमा ४ पटक विश्वासको मत पाएका दाहाल पाँचौं पटकमा विश्वासको मत पाउन असफल भएका हुन्।

संसद्का दुई ठूला दलबीच संविधान संशोधनलगायत सरकारको नेतृत्वमा आलोपालो गर्ने गरी असार १७ मा सातबुँदे समझदारी भएपछि सरकारमा सहभागी एमाले र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएका थिए । त्यसपछि अल्पमतमा परेका दाहालले राजीनामा नदिएर संवैधानिक सुविधाबमोजिम विश्वासको मत लिएका हुन् ।

कांग्रेस र एमालेबीच नयाँ सत्ता गठबन्धन बनाउने सहमतिपछि एमालेसहितका दलले समर्थन फिर्ता लिएपछि दाहाल सरकार अल्पमतमा परेको थियो। दुई दलबीचको सहमति अनुसार अब एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने छ।

प्रकाशित मिति: १७:२२ बजे, शुक्रबार, असार २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्