नदीको उच्च बहाब र धमिलो पानीका कारण पहिरोमा बेपत्ता गाडी अझै फेला परेनन्
प्रहरीले नदीको उच्च बहाब र धमिलो पानीका कारण बस खोजीमा कठिनाइ भइरहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले खोजीकार्य अझै जारी रहेको जनाएको छ।
काठमाडौं, असार २८ : त्रिशूली नदीको उच्च बहाब र धमिलो पानीका कारण नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिरोमा परी बेपत्ता भएका दुवै बसको अवस्था अझै पत्ता लाग्न सकेको छैन।
प्रहरीले नदीको उच्च बहाब र धमिलो पानीका कारण बस खोजीमा कठिनाइ भइरहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले खोजीकार्य अझै जारी रहेको जनाएको छ।
बेपत्ता यात्रु र बसको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली परिचालन गरिएको छ । गए राति चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालको पहिरोमा परी दुईवटा गाडी बेपत्ता भएका थिए।
वीरगन्जबाट काठमाडौं आउँदै गरेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौर जाँदै गरेको गणपति लेखिएको वाग्मती प्रदेश ०३–०११ ख २४९५ बेपत्ता भएको प्रहरीले जनाएको छ। दुवै बसमा ६२ यात्रु बेपत्ता भएको अनुमान प्रहरीको छ ।












