Kathmandu Press

प्रधानमन्त्रीलाई आग्रह गर्दै मेटमणी चौधरीले भने– देउवासँगको सम्बन्ध सन्तुलनमा राख्नू

‘आज परिस्थिति जस्तो भएपनि नेपाली कांग्रेसको सभापतिलाई दोषी नदेख्नुहोला। सन्तुलनमा राख्नुहोला । चार महिनामै परिस्थिति अनुकुल त भइहाल्छ,’ सांसद चौधरीले भने।
प्रधानमन्त्रीलाई आग्रह गर्दै मेटमणी चौधरीले भने– देउवासँगको सम्बन्ध सन्तुलनमा राख्नू

काठमाडौं, असार २८ : नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले कांग्रेसका सभापति शेरबहादुर देउवासँगको सम्बन्ध सन्तुलनमा राख्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेका छन्।

अबको ४ महिनामा परिस्थिति फेरिने दाबी गर्दै कांग्रेस सभापति देउवासँगको सम्बन्ध सन्तुलमा राख्न प्रधानमन्त्री दाहाललाई आग्रह गरे।

Hardik ivf

‘आज परिस्थिति जस्तो भएपनि नेपाली कांग्रेसको सभापतिलाई दोषी नदेख्नुहोला। सन्तुलनमा राख्नुहोला । चार महिनामै परिस्थिति अनुकुल त भइहाल्छ,’ सांसद चौधरीले भने।

उनले साना राजनीतिक दललाई भुल्ने गरेको भन्दैसँग गुनासो पनि पोखे। उक्त कुरा दाहालको सामान्य विशेषता नै रहेको भनाई चौधरीको थियो।

चौधरीले प्रधानमन्त्री दाहालमा मान्छे नचिन्ने समस्या रहेको बताउँदै भने, ‘अब त चिन्नुभएको होला नि? को कस्तो छ भनेर, हामी त तपाईंकै साथमा थियौँ, छौँ।’

प्रकाशित मिति: १६:२२ बजे, शुक्रबार, असार २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्