Kathmandu Press

भारतबाट भित्रिए खाद्य र ग्यास बोकेका गाडी

वीरगञ्ज, चैत २४ : लकडाउनका अवधिमा आपूर्ति सहज बनाउनका लागि भारतबाट आवश्यक खाद्य सामग्री र इन्धन बोकेका करीब दुई सय गाडी नेपाल भित्रिएको छ। पर्सास्थित ....

भारतबाट भित्रिए खाद्य र ग्यास बोकेका गाडी

वीरगञ्ज, चैत २४ : लकडाउनका अवधिमा आपूर्ति सहज बनाउनका लागि भारतबाट आवश्यक खाद्य सामग्री र इन्धन बोकेका करीब दुई सय गाडी नेपाल भित्रिएको छ। पर्सास्थित वीरगञ्ज एकीकृत सुख्खा बन्दरगाहबाट तरकारी र फलफूल बोकेका २० गाडी, पेट्रोलियम पदार्थ बोकेका ७०  ट्याङकर, खाना पकाउने एलपिजी ग्यासका ५३ र मालवाहक ट्रक १७  भित्रिएको प्रदेश नं २ सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिए।

सोही नाकाबाट रिफाइन तेल बोकेका १४ गाडी र तीन कन्टेनरका साथै महोत्तरी जिल्लाको नाका भएर तीन मालवाहक ट्रक पनि भित्रिएको उनले बताए।

कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लगाएको लकडाउन पूर्णपालना गराउनका लागि कडाइ गरिएको छ। भारतसँग जोडिएका १०९ वटै नाकामा कडाइ गरी आवतजावत बन्द गरिएको छ।

दुई हजार सवारी साधन नियन्त्रित

लकडाउन सुरु भएपछि नियम उल्लंघन गर्ने दुई हजार १३५ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। साथै, अत्यधिक मूल्य लिई कालोबजारी गर्ने २५ जनालाई कारवाही गरेको छ।

त्यस्तै प्रदेश नं २का १४२ क्वारेन्टाइनमा आइतबारसम्म ८६५ जना क्वारेन्टाइनमा, एक हजार ८० जना होम क्वारेन्टाइनमा र २७ जना आइसोलेशनमा बसेको सचिव घिमिरेले बताए।

आइतबारसम्म प्रादेशिक अस्पतालमा ३४ जनाको स्वाब परीक्षणका लागि लिएको छ ।  तीमध्ये ६ जनाको नेगेटिभ आएको र अन्यको रिपोर्ट आउन बाँकी रहेको उनले बताए।

प्रकाशित मिति: १२:२९ बजे, सोमबार, चैत २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्