Kathmandu Press

‘सांसद पक्राउ पर्दा सरकार नढल्ने, बेचन पक्राउ पर्दा ढल्ने हुन्छ, गलत भाष्य स्थागित नगरौं’

‘रुकुम पश्चिमको नवराज विकको हत्या राजाको पालमा भएको हो? यही गणतन्त्रमा माओवादी सरकारमा भएकै बेला भएको हो हामीले जातजातिमा टुक्रयाएर देशमा राजनीति गर्नु छैन, बरु राजनीतिबाट सन्यास लिनुपर्छ।’
‘सांसद पक्राउ पर्दा सरकार नढल्ने, बेचन पक्राउ पर्दा ढल्ने हुन्छ, गलत भाष्य स्थागित नगरौं’

काठमाडौं, असार २८ : वर्तमान सरकार भुटानी शरणार्थी प्रकरणका बेचन झा पक्राउ गरेपछि ढालियो बन्ने सत्तापक्षको भनाईप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले आपत्ति जनाएका छन्।

प्रधानमनमन्त्रीको विश्वासको मतको छलफलमा भाग लिँदै शाहीले बेचन झा पक्राउ गरेपछि सरकार ढालियो भनेर गलत भाष्य स्थागित नगर्न आग्रह गरे।

Hardik ivf

‘बेचन झा, बेचन झा के ब्रान्डिङ गरेको हो? पूर्वउपप्रधानमन्त्री एवं सांसद टोपबहादुर रायमाझीभन्दा बेचन ठूला हुन्?,’ सांसद शाहीले प्रश्न गरे, ‘टोपबहादुरलाई पक्राउ गर्दा सरकार नढल्ने वेचन पक्राउ गर्दा सरकार ढल्ने भन्ने हुन्छ? बरु ठूला नेताहरूको कुर्सीको स्वार्थ नमिलेका कारण सरकार ढल्यो भने भइहाल्यो।’

सांसद शाहीले जातजातिको नाममा राजनीति नगर्न भन्दै गर्दै जातजातिका नाममा जनतालाई नभड्काउन प्र्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरे।

‘रुकुम पश्चिमको नवराज विकको हत्या राजाको पालमा भएको हो? यही गणतन्त्रमा माओवादी सरकारमा भएकै बेला भएको हो  हामीले जातजातिमा टुक्रयाएर देशमा राजनीति गर्नु छैन, बरु राजनीतिबाट सन्यास लिनुपर्छ।’

जातजातिलाई अधिकार भने दिनुपर्ने बताउँदै उनले प्रधानमन्त्री दाहाललाई तपाईंले एउटा दलितमन्त्री बनाउनुभयो भन्दै प्रश्न गरे। जातजातिका नाममा राजनीति नगर्न भन्दै उनले सबैका लागि राजनीतिक खुला भएकाले चुनाव जितेर आउन आग्रह गरे।

‘सबैलाई खुल्ला छ राजनीति गर्नुस्, चुनाव जितेर आउनुस्, खुला छ मैदान। तर, जातजातिलाई फेरि भड्काएर आफ्नो रोटी सेक्ने काम संसदको रोष्टमबाट नहोस्,अति भइसक्यो,’ उनले भने।

उनले गृहमन्त्री रवि लामिछानेलाई आफूले सहयोग गरेको भन्दै जीबी राईलाई पक्राउ गर्न आग्रह गरे।

प्रकाशित मिति: १६:०९ बजे, शुक्रबार, असार २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्