Kathmandu Press

खतराको संकेत देखिएका ठाउँमा रात्रि बस संचालनमा रोक

खतराको संकेत देखिएका ठाउँमा रात्रि बस संचालनमा रोक
सांकेतिक तस्वीर

काठमाण्डौं, असार २८ : जल तथा मौसम विज्ञान विभागबाट जोखिमयुक्त क्षेत्र घोषणा गरिएका ठाउँमा रात्रि बस संचालनमा रोक लगाउने गृहमन्त्रालयले निर्णय गरेको छ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले खतराको संकेत देखिएका जिल्ला तथा क्षेत्रमा रात्रि बस सञ्चालनमा रोक लगाउने निर्णय भएको जानकारी गराएका छन्। 
रेड ट्राभल एड्भाइजरी(उच्च जोखिमको सुचना) जारी भएको दिन तोकिएका जिल्ला तथा क्षेत्रमा रात्रिकालीन बस तथा  सवारी चलाउने नपाइने भएको हो।
पहिरो जाने र डुबान हुने सम्भावना देखिएका जोखिमयुक्त क्षेत्रमा सडक विभाग र ट्राफिक प्रहरीले जोखिमका संकेत चिह्नहरू राख्ने पनि गृहमन्त्रालयले निर्णय छ।
अत्याधिक बर्षदका कारण आएको बाढी, पहिरोबाट ३८ जिल्ला प्रभावित भएको गृहमन्त्री लामिछानेले बताए। बाढी पहिरोबाट पछिल्लो २४ घन्टामा १७ जनाको मृत्यु भएको उनले जनाकारी दिए।
 

प्रकाशित मिति: १६:०६ बजे, शुक्रबार, असार २८, २०८१