Kathmandu Press

रविको प्रश्न– मध्यरातमा व्यापारीको घरमा गरिएको सहमति कसरी राष्ट्रिय सहमति भयो ?

‘यो दुई दलको सहमति भएको, तर राष्ट्रिय सहमति हुन सक्दैन,’ उलने भने, ‘रातारात संविधान र राष्ट्रियताको चिन्ता कसरी भयो ?’
रविको प्रश्न– मध्यरातमा व्यापारीको घरमा गरिएको सहमति कसरी राष्ट्रिय सहमति भयो ?

काठमाडौं, असोज २८ : गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मध्यरातमा व्यापारीको घरमा बसेर गरेको सहमति कसरी राष्ट्रिय सहमति भयो भनेर प्रश्न गरेका छन्।

शुक्रबार प्रधानमन्त्रीले प्रतिनिधिसभामा राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै लामिछानेले सन्बन्धित पार्टीका सांसद र दलका नेतालाई समेत जानकारी नभएको सहमति कसरी राष्ट्रिय सहमति भयो? भन्दै प्रश्न गरे।

Hardik ivf

‘यो दुई दलको सहमति भएको, तर राष्ट्रिय सहमति हुन सक्दैन,’ उलने भने, ‘रातारात संविधान र राष्ट्रियताको चिन्ता कसरी भयो ?’

सभापति लामिछानेले उनले आफ्नो पार्टीमाथिको अपरिपक्वता र केटाकेटीपनको ट्याग लागेको कुरालाई इतिहासले कसरी मूल्यांकन गर्ने थाहा नभए पनि रातारातको सहमतिलाई जनताले छिट्टै मूल्यांकन गर्ने बताए।

मध्यरातिमा भएको सहमतिबारे कसैलाई जानकारी नगराएकोमा आपत्ति जनाउँदै उनले संविधान जोगाउने नाममा कसलाई जोगाउन खोजिएको हो भन्ने तथ्य सहमतिपत्र आएपछि खुल्ने बताए।

‘जब अनुसन्धानको सुई कसैको ढोकामा ढक्ढक्याउन पुग्यो, त्यतिबेला संविधानको याद आयो?,’ उनले प्रश्न गरे।

 

प्रकाशित मिति: १५:४० बजे, शुक्रबार, असार २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्