Kathmandu Press

कांग्रेस–एमालेको सहमति सांसदले सुन्न पाएनन् : पाण्डे

पाण्डेले भने– दुई दलबिचको सहमतिमा के थियो? के हो त्यो सहमति? किन लुकाएको? जनताले हेर्न नपाउने, सांसदले सुन्न नपाउने?
कांग्रेस–एमालेको सहमति सांसदले सुन्न पाएनन् : पाण्डे

काठमाडौं, असार : माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नयाँ सत्ता सहकार्यका लागि कांग्रेस र एमालेबीच मध्यरातमा भएको सहमतिपत्र सार्वजनिक नगरी गोप्य राखिएको कारण सांसदहरूले नै पढ्न नपाएको बताएका छन्। 

शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलका क्रममा पाण्डेले दुई दलबीच भएको नयाँ सरकार संचालनमा भएको सहमति सार्वजनिक किन नभएको भनेर प्रश्न उठाए।

Hardik ivf

कांग्रेस–एमालेबीचको सहमतिबारे जानकारी माग्दै पाण्डेले भने– ‘दुई दलबिचको सहमतिमा के थियो? के हो त्यो सहमति? किन लुकाएको? जनताले हेर्न नपाउने, सांसदले सुन्न नपाउने?’

कांग्रेस र एमालेबीच राष्ट्रिय सहमति भएको भनिएको तर त्यो सहमतिपत्र पनि सार्वजनिक नगरिएकोमा आपत्ति जनाउदै पाण्डेले राष्ट्रिय सहमति त अगाडि बसेर गरिनु पर्ने बताए। 

कांग्रेस–एमालेबीच १७ असारमा सरकार गठनका लागि सहमति भएको सहमति सार्वजनिक गरिएको छैन ।
 

प्रकाशित मिति: १५:३७ बजे, शुक्रबार, असार २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्