Kathmandu Press

‘रेड ट्राभल एड्भाइजरी’ जारी भएका जिल्लामा रात्रिकालीन सवारी चलाउन रोक

‘रेड ट्राभल एड्भाइजरी जारी भएका जिल्ला र क्षेत्रमा तत् तत् दिनमा रात्रिकालीन सवारी नचलाउने व्यवस्था यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरूले मिलाउने निर्णय भएको छ,’ गृहमन्त्री लामिछानेले भने।
‘रेड ट्राभल एड्भाइजरी’ जारी भएका जिल्लामा रात्रिकालीन सवारी चलाउन रोक

काठमाडौं, असार २८ : सरकारले प्राकृतिक रूपले खतराको संकेत देखिएका जिल्ला र क्षेत्रमा रात्रिबस सञ्चालनमा रोक लगाउने भएको छ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जल तथा मौसम विज्ञान विभागबाट जोखिमयुक्त क्षेत्र घोषणा गरिएका ठाउँमा रात्रि बस चल्न नदिने निर्णय भएको बताए।

Hardik ivf

‘रेड ट्राभल एड्भाइजरी जारी भएका जिल्ला र क्षेत्रमा तत् तत् दिनमा रात्रिकालीन सवारी नचलाउने व्यवस्था यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरूले मिलाउने निर्णय भएको छ,’ गृहमन्त्री लामिछानेले भने।

उनले सबैतिर रात्रिकालीन सवारी बन्द गर्ने नभई रेड ट्राभल एड्भाइजरी जारी भएका जिल्ला र क्षेत्रमा तत् तत् वेला सवारी नचलाउने निर्णय भएको स्पष्ट पारे।

पहिरो जाने र डुबान हुने सम्भावना देखिएका जोखिमयुक्त क्षेत्रमा सडक विभाग र ट्राफिक प्रहरीले जोखिमका संकेत चिह्नहरू राख्ने निर्णय भएको पनि उनले जानकारी दिए।

प्रकाशित मिति: १५:२९ बजे, शुक्रबार, असार २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्