Kathmandu Press

पहिरोले बगाएको बसमा सात भारतीय थिए

वीरगन्जबाट काठमाडौंतर्फ गइरहेको वाग्मती प्रदेश ०३–००६ख १५१६ नम्बरको बसमा चालकसहित बसका तीन जना कर्मचारी, १४ जना यात्री र भारतीय नागरिक सातजना गरी २४ जना रहेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।
पहिरोले बगाएको बसमा सात भारतीय थिए
पहिराेले बगाएर त्रिशुलीमा वेपत्ता भएकाे बसकाे गदैै गाेताखाेरसहितकाे सुरक्षाकर्मीकाे टाेली ।

चितवन, असार २८ : नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान पहिरोले त्रिशूली नदीमा बगाएका दुई बसमध्ये एकमा सात भारतीय नागरिक रहेका खुलेको छ।

वीरगन्जबाट काठमाडौंतर्फ गइरहेको वाग्मती प्रदेश ०३–००६ख १५१६ नम्बरको बसमा चालकसहित बसका तीन जना कर्मचारी, १४ जना यात्री र भारतीय नागरिक सातजना गरी  २४ जना रहेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।

Hardik ivf

हालसम्म जिल्ला प्रशासन कार्यालयले सातजना भारतीय नागरिकसहित १७ जनाको विवरण सार्वजनिक गरेको छ। सोही मार्गभएर काठमाडौंबाट रौतहटको गौरतर्फ गइरहेको अर्को बस पनि त्रिशूलीमा खसेको छ।

नदीमा खसेको बस अहिलेसम्म भेटिएको छैन। सो बसका यात्रुमध्ये तीनजना पौडिएर बाँच्न सफल भएका छन्।

पहिरोले बगाएका दुवै बस र तिनमा सवार यात्रुको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली परिचालन भएको छ।

प्रकाशित मिति: १५:२२ बजे, शुक्रबार, असार २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्