Kathmandu Press

सिमलतालको पहिरोले बन्द नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा

सिमलतालको पहिरोले बन्द नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा
फाइल/तस्वीर

भरतपुर, असार २८ : भरतपुर महानगरपालिका-२९ सिमलतालमा गएको पहिरोले अबरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ।

 

लगातारको वर्षासँगै आएको पहिरोले अवरुद्ध सडकखण्ड सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले जानकारी दिए। उनका अनुसार सिमलतालमा गएको पहिरो पन्छाएर एक तर्फ र इच्छाकामना गाउँपालिका–६ कालिखोलाको पहिरो पन्छाएर दुइतर्फी यातायात संचालनमा आएको छ।

सिमलतालको पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसको खोजीकार्य जारी छ। अहिले बस र यात्रुको खोजीका लागि धेरै संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। 
 

प्रकाशित मिति: १५:१४ बजे, शुक्रबार, असार २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्