Kathmandu Press

हाम्रो शासकीय मनोवृत्ति विडम्बनापूर्ण छ : गगन थापा

उनले घटना घटेपछि मात्र संवेदनशील हुने शासकीय मनोवृत्ति विडम्बनापूर्ण रहेको भन्दै दीर्घकालीन नीति बनाएर सोही अनुरुप पूर्वतयारी र द्रुत गतिमा काम गर्न आवश्यक भएको बताए।
हाम्रो शासकीय मनोवृत्ति विडम्बनापूर्ण छ : गगन थापा

काठमाडौं, असार २८ : नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले नेपालमा आपतकालीन र दीर्घकालीन नीतिको आवश्यकता रहेको बताएका छन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले घटना घटेपछि मात्र संवेदनशील हुने शासकीय मनोवृत्ति विडम्बनापूर्ण रहेको भन्दै दीर्घकालीन नीति बनाएर सोही अनुरुप पूर्वतयारी र द्रुत गतिमा काम गर्न आवश्यक भएको बताए।

Hardik ivf

यस्तै थप दुर्घटनाको प्रतिक्षा गरिरहने नियति देखिए पनि आफू यो अवस्था बदल्ने प्रयासमा रहेको बताए।

‘घटना घटेपछि मात्र संवेदनशील हुने तर घटना हुन नदिन र भइहाले थप क्षति हुन नदिन आवश्यक पूर्वतयारी नगर्ने हाम्रो शासकीय मनोवृत्ति विडम्बनापूर्ण छ,’ उनले भने, ‘भौगोलिक संवेदनशीलता ध्यानमा राखेर आपत्कालीन र दीर्घकालीन नीति बनाउने अनि त्यस अनुरुप पूर्व तयारी र द्रुत गतिमा काम गर्ने कुरामा अझै ढिलाई गरिरह्यौँ भने यस्तै थप दुर्घटनाको प्रतीक्षा गरिरहने हाम्रो नियति हुनेछ। यो अवस्था बदल्न मेरो कोसिस जारी रहनेछ।’

नेपालको भौगोलिक बनावट संवेदनशील भएपनि पूर्वाधार निर्माणमा त्यस किसिमको संवेदनशीलता अबलम्बन हुन नसकेको भन्दै भौगोलिक बनावटको संवेदनशीलता नबुझी भौतिक विकास निर्माण अघि बढाउने तरिकाले दुःखद भएको पनि उनको भनाइ छ।

नारायणगढ–मुग्लिङ सडक खण्ड अन्तर्गत सिमतालमा पहिरोले दुई वटा यात्रु बस बगाएको छ भने कास्कीलगायत देशका विभिन्न स्थानमा बाढी पहिरोले ठुलो क्षति भएको छ।

प्रकाशित मिति: १५:०६ बजे, शुक्रबार, असार २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्