Kathmandu Press

बाढी पहिरोमा फसेकाहरुको तत्काल उद्धार गर्न अध्यक्ष नेपालको माग

शुक्रबार बिहान पहिरोले दुईवटा यात्रुवाहक बस त्रिशुली नदीमा वेपत्ता भएको र खोजी कार्य जारी छ। सोही घटनालाई लिएर अध्यक्ष नेपालले शुक्रबार सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका हुन्।
बाढी पहिरोमा फसेकाहरुको तत्काल उद्धार गर्न अध्यक्ष नेपालको माग

काठमाडौं, असार २८ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले त्रिशुली घटनाबारे दुःख व्यक्त गरेका छन्।

शुक्रबार बिहान पहिरोले दुईवटा यात्रुवाहक बस त्रिशुली नदीमा वेपत्ता भएको र खोजी कार्य जारी छ। सोही घटनालाई लिएर अध्यक्ष नेपालले शुक्रबार सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका हुन्।

Hardik ivf

नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुईवटा बस त्रिशूली नदीमा खसाएर करिब पाँच दर्जन यात्रु बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गर्दै अध्यक्ष नेपालले लेखेका छन्, ‘नारायणगढ मुग्लिन सडक अन्तर्गत सिमलतालमा आज बिहान अन्दाजी ३ः३० बजे माथिबाट आएको लेदो पहिरोले दुईवटा बस त्रिशुली नदीमा झारेको र सोही पहिरोको कारण अर्को एक सवारी साधनका चालकको निधन भएको खबर अत्यन्तै मर्माहत बनाएको छ।’

उनले प्राकृतिक विपत्तिको यो क्षणमा उद्धारको काममा जुट्न सरकारी तथा अन्य निकायलाई अनुरोध गरेका छन्।

लगातार वर्षा भइरहेकोले गर्दा यसबाट उत्पन्न हुने जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउनसमेत उनले सबैमा अनुरोध गरेका छन्।

प्रकाशित मिति: १५:०३ बजे, शुक्रबार, असार २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्