Kathmandu Press

नेपालसँग जोडिएका राज्यसहित भारतमा चार हजारमा कोरोना

काठमाडौं, चैत २४ : नेपालसँग सीमा जोडिएका चार राज्यसहित भारतका एक दर्जनभन्दा बढी राज्यमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलन थालेको छ। कोरोना संक्र....

नेपालसँग जोडिएका राज्यसहित भारतमा चार हजारमा कोरोना

काठमाडौं, चैत २४ : नेपालसँग सीमा जोडिएका चार राज्यसहित भारतका एक दर्जनभन्दा बढी राज्यमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलन थालेको छ। कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको छ।

भारतमा सोमबार मध्याह्नसम्म कोरोना संक्रमितको संख्या चार हजार ६७ पुगेको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार, त्यसमध्ये एक सय नौ जनाको मृत्यु भएको छ।

अहिलेसम्म भारतका ३० राज्यमा कोरोनाको संक्रमण देखिएको छ। जसमा नेपालसँग सीमा जोडिएका चार राज्य पनि प्रमुख छन्।

नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा दुई सय २७, पश्चिम बंगालमा ८०, बिहारमा ३० र उत्तराखण्डमा २६ जनामा संक्रमण देखिएको छ। नेपालसँग सीमा जोडिएको सिक्किममा मात्रै कोरोना देखिएको छैन।

भारतमा सबैभन्दा बढी महराष्ट्रमा कोरोना भाइरसको संक्रमण देखिएको छ। अहिलेसम्म ६ सय ९० जना बिरामी परेका छन भने ४५ जनाको मृत्यु भएको छ। त्यस्तै तमिलनाडुमा पाँच सय ७१, दिल्लीमा पाँच सय तीन, केरलमा तीन सय १४ र तेलंगानामा तीन सय ११ जनामा कोरोना देखिएको छ।

भारतले पनि देशभर लकडाउन गरेको छ। लकडाउनका कारण विभिन्न शहरमा नेपाली मजदूर पनि समस्यामा परेका छन्।

भारतमा कोरोना फैलन थालेपछि नेपाली मजदूर घर फर्किने क्रम रोकिएको छैन। सीमा क्षेत्रका शहरबाट लुकछिपी आउने गरेको जनाएको छ। दार्चुला र बैतडीमा त एक हजारभन्दा बढी नेपालीलाई सीमा क्षेत्रकै भारतीय शहरमा क्वारेन्टाइनमा राखिएको छ।

प्रकाशित मिति: १२:२३ बजे, सोमबार, चैत २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्