Kathmandu Press

हामीले ल्याएको संविधान हो, रक्षा गर्छाै : लेखक

उनले भने–‘संविधान कमजोर पार्ने कुरामा कांग्रेसका माथि आक्षेप लगाउने, कल्पना र अनुमानका भरमा विभिन्न खालका भाष्य निर्माण गर्ने काम बन्द गरिनुपर्छ।
हामीले ल्याएको संविधान हो, रक्षा गर्छाै : लेखक

काठमाण्डौं, असार २८ : नेपाली कांग्रेसका प्रमुख सचेतक तथा सांसद रमेश लेखकले ठुलो बलिदान र संघर्षबाट प्राप्त भएको अहिलेको संविधानको रक्षा गरिने बताएका छन। 

शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको विश्वासको मतको प्रस्तावमाथि छलफलका क्रममा लेखकले संविधान रक्षाका सन्दर्भमा कांग्रेसलाई कसैले सिकाउन आवश्यक नरहेको बताए।

उनले भने–‘संविधान कमजोर पार्ने कुरामा कांग्रेसका माथि आक्षेप लगाउने, कल्पना र अनुमानका भरमा विभिन्न खालका भाष्य निर्माण गर्ने काम बन्द गरिनुपर्छ, यो संविधान हामीले ल्याएको हो, यसको रक्षा हामीले गर्छौ।’
 

प्रकाशित मिति: १४:४९ बजे, शुक्रबार, असार २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्