Kathmandu Press

दाहालको प्रधानमन्त्रीको कार्यकाल अन्तिम हो कि भन्ने आभाष भयो : याेगेश भट्टराई

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भट्टराईले स्थायी सरकार, देशमा रोजगारी सिर्जना, नेपाली विदेश जान नपर्ने अवस्था सिर्जना गर्न दुई पार्टीको गठबन्धन आवश्यक रहेको बताए।
दाहालको प्रधानमन्त्रीको कार्यकाल अन्तिम हो कि भन्ने आभाष भयो : याेगेश भट्टराई

काठमाडौं, असार २८ः नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा गरेको भाषण सुन्दा प्रधानमन्त्रीको रूपमा अन्तिम हो कि जस्तो लागेको बताएका छन्।

प्रधानमन्त्री दाहालले १ घण्टा २२ मिनेट लामो भनाई सुन्दा आफुलाई त्यस्तो अनुभुती भएको भनाई भट्टराईको थियो।

Hardik ivf

शुक्रबार प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भट्टराईले स्थायी सरकार, देशमा रोजगारी सिर्जना, नेपाली विदेश जान नपर्ने अवस्था सिर्जना गर्न दुई पार्टीको गठबन्धन आवश्यक रहेको बताए।

उनले कांग्रेस एमालेको सहकार्यबाट नै देशमा ठुला परिवर्तन भएको पनि बताए । यस्तै, प्रधानमन्त्रीले केही गलत सूचना दिएको भन्दै भट्टराइले त्यसको जबाफदेही भोलीका दिनमा हुनुपर्ने भनाई पनि राखे।

‘असार १७ गते बिहान स्वर्ग र नर्क जहाँ गए पनि सँगै जाउँला, ०८४ को चुनाव सँगै लडौँला, पार्टी एक बनाउँला’ ओलीले धोका दिएको दाहालको आरोपको जवाफ दिँदै भट्टराईले आफूहरू नर्क नजाने र स्वर्ग जाँदा दाहाललाई पनि सँगै लैजाने बताए।

नेता भट्टराईले देश विकासका लागि लगानी सम्मेलनमा आएको ६ अर्बको आश्वासन पर्याप्त नभएको पनि बताए र विश्वासको वातावरण निर्माण हुन नसक्दा लगानी पर्याप्त नआएको बताए।

विश्वासको वातावरण निर्माण गरेर देशको विकास गर्न र स्थिरता दिन वर्तमान गठबन्धन बनेको उनको तर्क थियो।

प्रकाशित मिति: १४:४१ बजे, शुक्रबार, असार २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्