विपत्तमा सरकार काम चलाउको अवस्थामा बस्यो : नेता भट्टराई
उलने भने, ‘यति सबै कुरा बुझ्दाबुझ्दै पनि यो १० दिन उहाँले समय लिनुभयो र देशमा सरकार विहीनताको अवस्था सिर्जना गर्नुभयो ।केही मानिसले प्राकृतिक विपत्तिमा आफ्नो ज्यान गुमाउनुभयो।’
काठमाडौं, असार २८ : नेकपा एमालेका नेता योगेश भट्टराईले सरकार हुँदाहुँदै पनि कतिपय काम अन्योलमा रहेको बताएका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री काम चलाउ अवस्थामा रहेको जिकिर गरेका हुन्।
‘यो प्राकृतिक विपत्तिको अवस्थालाई जुन ढंगले भूमिका खेल्नुपर्ने हो तर यहाँ सरकारले काम चलाउको रूपमा भूमिका खेल्यो,’ उलने भने, ‘यति सबै कुरा बुझ्दाबुझ्दै पनि यो १० दिन उहाँले समय लिनुभयो र देशमा सरकार विहीनताको अवस्था सिर्जना गर्नुभयो ।केही मानिसले प्राकृतिक विपत्तिमा आफ्नो ज्यान गुमाउनुभयो।’
साथै उनले अब प्रधानमन्त्री पुष्पकमल दाहालले रोष्ट्रममामा उभिएर भाषण गर्ने दिन नआउने बताए। प्रधानमन्त्री बन्न नपाउने हो की भनेर प्रचण्डले कडा आक्रोश व्यक्त गरेको उनले आरोप लगाए।
प्रकाशित मिति: १४:३४ बजे, शुक्रबार, असार २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












