Kathmandu Press

लामो तथा छोटो दुरीका भाडाका गाडीमा टिकट प्रणाली अनिवार्य

शुक्रबार गृह मन्त्रालयमा बसेको सरोकारवालासहितको बैठकले उक्त निर्णय लिएको हो। यात्रुको लागत राख्न र यात्रुको नामबारे थाहा पाउन सघाउ पुग्ने भन्दै यस्तो नियम लागू गर्न लागिएको जनाइएको छ।
लामो तथा छोटो दुरीका भाडाका गाडीमा टिकट प्रणाली अनिवार्य

काठमाडौं, असार २८ : सरकारले राजधानीबाट बाहिर जाने र काठमाडौं भित्रने लामो तथा छोटो दुरीका भाडाका गाडीमा टिकट प्रणाली अनिवार्य गरेको छ।

शुक्रबार गृह मन्त्रालयमा बसेको सरोकारवालासहितको बैठकले उक्त निर्णय लिएको हो। यात्रुको लागत राख्न र यात्रुको नामबारे थाहा पाउन सघाउ पुग्ने भन्दै यस्तो नियम लागू गर्न लागिएको जनाइएको छ।

यस्तै रात्रि बस सञ्चालन व्यवस्थित बनाउने निर्णय पनि गरिएको छ। यसका लागि ‘रेड एड्भाइजरी’ जारी गर्ने भनिएको छ । मौसम प्रतिकूल भएका जिल्लामा रात्रकालीन बस चलाउन तीन दिनको मौसम पूर्वानुमान हेरेर मात्र सवारी चलाउने निर्णय समेत भएको छ।

प्रकाशित मिति: १४:३२ बजे, शुक्रबार, असार २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्