‘कांग्रेस–एमाले मिल्दैमा लोकतन्त्र खतरामा पर्दैन’
‘आज प्रधानमन्त्री रोस्टममा उभिँदा प्रमुख प्रतिपक्षको नेताको रूपमा देखेँ त्यसैले प्रतिपक्ष कमजोर हुन्छ भन्ने लाग्दैन,’ उनले भने।
काटठमाडौं, असार २८ : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस र एमाले मिल्दैमा प्रतिपक्ष कमजोर हुने र लोकतन्त्र खतरामा नपर्ने बताएका छन्।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको विश्वास मतको प्रस्तावको छलफलम भाग लिँदै उनले प्रधानमन्त्री दाहाल प्रमुख प्रतिपक्षको नेता बन्न योग्य व्यक्ति भएकाले प्रतिपक्ष कमजोर नहुने बताए।
उनले आफूले दुई ठूला राजनीतिक दल मिल्दा संसदीय व्यवस्थामा प्रतिपक्ष कमजोर हुन्छ भन्ने चिन्ता प्रधानमन्त्रीले मात्र होइन, विज्ञहरूले व्यक्त गरेको बताए।
‘प्रधानमन्त्रीजीले प्रारम्भमै दुईवटा ठूला दलहरू मिल्दा प्रतिपक्षी कमजोर हुन्छ कि भन्ने चिन्ता गर्नुभयो। प्रधानमन्त्रीजी प्रधानमन्त्रीकै रुपमा उभिँदा प्रमुख प्रतिपक्षी दलको ठिक नेताको रुपमा देखेको हुँदा अब सदनमा कमजोर हुँदैन भन्ने लाग्छ,’ लखकले भने।
प्रतिपक्षमा बस्ने कला भएको व्यक्तिलाई लामो समय प्रधानमन्त्री बनाएर गल्ती भएको भन्दै उनले व्यंग्य गरे।
‘अलिकति गल्ती भएछ ठिक मानिसलाई ठिक ठाउँम राखिएन कि। यस्तो प्रपितक्षको नेता हुनसक्ने मानिसलाई सम्भावना भएको लामो समयसम्म प्रधानमन्त्री बनाएर प्रतिपक्षलाई कमजोर गर्यौं कि? अब लोकतन्त्र कमजोर हुँदैन,’ उनले भने।












