त्रिशुलीमा बेपत्ता बस अझै भेटिएन
नारायणगढ–मुग्लिन सडकमा दुईवटा बस पहिरोले बगाएको खबर प्राप्त गर्ने वित्तिकै घटनास्थलमा पुगेर खोजी कार्य जारी रहेको र काठमाडौंबाट आएको बसको तीन जनाको भने उद्दार गरेर उपचार भइरहेको उनले बताए।चितवन, असार २८ : नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसको अझै भेटिएको छैन।
नेपाली सेना र सशस्त्र प्रहरी बलको गोताखोर टोलीले खोजी कार्य गरिरहेको भएतापनी बर्षादका कारण नदीमा पानीको सहत बढेकाले उद्धारमा कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख भावेश रिमालले बताए।
नारायणगढ–मुग्लिन सडकमा दुईवटा बस पहिरोले बगाएको खबर प्राप्त गर्ने वित्तिकै घटनास्थलमा पुगेर खोजी कार्य जारी रहेको र काठमाडौंबाट आएको बसको तीन जनाको भने उद्दार गरेर उपचार भइरहेको उनले बताए।
काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेको थियो । गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए ।