सोमबार बिहान लकडाउन उलंघन गर्ने १७ सय प्रहरी नियन्त्रणमा
काठमाडौं, चैत २४ : सोमबार बिहान लकडाउन उलंघन गर्ने १७ सय २८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ठाउँम....

काठमाडौं, चैत २४ : सोमबार बिहान लकडाउन उलंघन गर्ने १७ सय २८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ठाउँमा बिहान ६ देखि १० बजेसम्म लकडाउन उलंघन गर्नेलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिएका मध्ये १३ सय ४७ पुरुष र तीन सय ८१ जना महिला रहेका छन्।
अत्यावश्यक काम बिना सडकमा निस्किएका मानिसलाई नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिएकाहरुलाई तीन घण्टासम्म सार्वजनिक स्थानमा राखि लकडाउन पालना गर्ने सर्तमा छोडिने प्रहरीले जनाएको छ।
साथै, पास बिना चलेका तीन सय ७० बटा सवारीसाधनलाई पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति: १२:०९ बजे, सोमबार, चैत २४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)
