Kathmandu Press

‘संविधान संशोधन गर्ने भए प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔं’

‘संविधान संशोधन गर्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔं। दलित र महिलाको प्रतिनिधित्व बढाऔं। बिपन्नको पहुँच बढाऔं,’ उनले भने, ‘तपाईंहरूलाई अहिले २०४७ सालको बाडुल्की लागिरहेको होला। के अब त्यतै फर्किने हो?’
‘संविधान संशोधन गर्ने भए प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔं’

काठमाडौं, असार २८ : प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान नै संशोधन गर्ने भए प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानुपर्ने बताएका छन्। प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव पेश गर्नेक्रममा उक्त कुरा बताएका छन्।

‘संविधान नै संशोधन गर्ने भए प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जाऔं,’ प्रधानमन्त्री उनले भने।

Hardik ivf

प्रधानमन्त्री दाहालले संविधानका उपलब्धीहरू उल्टाउने प्रयास भइरहेको दाबी पनि गरे। उनले जातीय क्षेत्रिय पार्टीहरूलाई गर्भमै सिध्याउने खेल भएको पनि उनले बताए।

‘संविधान संशोधन गर्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔं। दलित र महिलाको प्रतिनिधित्व बढाऔं। बिपन्नको पहुँच बढाऔं,’ उनले भने, ‘तपाईंहरूलाई अहिले २०४७ सालको बाडुल्की लागिरहेको होला। के अब त्यतै फर्किने हो?’

यस्तै, संविधान संशोधन गर्ने भए दलितलाई पनि १३ प्रतशित प्रतिनिधित्व दिनुपर्ने प्रस्ताव उनको छ। महिला, उत्पीडित, मधेसी, अल्पसंख्यालाई राज्यका निकायमा रोक्ने प्रयास सफल हुन नदिने उनले बताए।

‘प्रतिनिधित्व नै सुनिश्चित गरौं। ५० प्रतिशत हुनेगरी संशोधन गरौं। हामी पुरुषले के लछारेका छौं ?,’ उनले भने।

प्रकाशित मिति: १३:४९ बजे, शुक्रबार, असार २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्