बाढीपहिरामा परी वेपत्ता नागरिकको छिटो खोजी तथा उद्धार गरियोस् : कांग्रेस नेता कोइराला
शुक्रबार विज्ञप्ति जारी गर्दै नेता डा. कोइरालाले बाढीपहिराबाट देशका विभिन्न स्थानमा जनधनको क्षति भएकाप्रति सरकारको ध्यानाकर्षण गराउँदै पीडितको उद्धार र व्यवस्थापन तथा बेपत्ताको खोजीकार्यमा तीनवटै तहका सरकारले नागरिकलाई अनुभूति हुने गरी काम गर्न आग्रह गरे।
काठमाडौं, असार २८ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण बाढी–पहिरामा परी बेपत्ता भएका नागरिकको छिटो खोजी गर्न माग गरेका छन्।
शुक्रबार विज्ञप्ति जारी गर्दै नेता डा. कोइरालाले बाढीपहिराबाट देशका विभिन्न स्थानमा जनधनको क्षति भएकाप्रति सरकारको ध्यानाकर्षण गराउँदै पीडितको उद्धार र व्यवस्थापन तथा बेपत्ताको खोजीकार्यमा तीनवटै तहका सरकारले नागरिकलाई अनुभूति हुने गरी काम गर्न आग्रह गरे।
प्राकृतिक प्रकोपको समयमा उद्धारमा जुट्न कांग्रेसका सबै तहका नेता, कार्यकर्तालाई समेत उनले आग्रह गरे। बाढीपहिरामा परी मृत्यु हुने सबैप्रति डा. कोइरालाले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन्।
प्रकाशित मिति: १३:३६ बजे, शुक्रबार, असार २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार