Kathmandu Press

आर्थिक अवस्थामा राम्रो अंकका साथ उत्तीर्ण भएको प्रधानमन्त्रीको दाबी

प्रधानमन्त्री दाहालले नागरिकमैत्री शासन प्रणालीको स्थापना, भ्रष्टाचार नियन्त्रण, राष्ट्रिय हितको रक्षालगायतका जिम्मेवारीमा सरकार आम जनताले देखिने र बुझिने गरी राम्रो अंकका साथ उत्तीर्ण भएको दाबी पनि गरे।
आर्थिक अवस्थामा राम्रो अंकका साथ उत्तीर्ण भएको प्रधानमन्त्रीको दाबी

काठमाडौं, असार २८ : प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय देशको आर्थिक अवस्था सुधार हुँदै गएको दाबी गरेका छन्।

प्रतिनिधिसभाबाट शुक्रबार विश्वासको मत लिने क्रममा प्रधानमन्त्री दाहालले यस्तो दाबी गरेका हुन्।

संविधान कार्यान्वयन, सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र पुनरुत्थान, उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना, सुशासन प्रवर्द्धन, सार्वजनिक सेवा प्रवाहमा सुधार र सरलीकरण हुँदै गएको भनाई उनको छ।

प्रधानमन्त्री दाहालले नागरिकमैत्री शासन प्रणालीको स्थापना, भ्रष्टाचार नियन्त्रण, राष्ट्रिय हितको रक्षालगायतका  जिम्मेवारीमा सरकार आम जनताले देखिने र बुझिने गरी राम्रो अंकका साथ उत्तीर्ण भएको दाबी पनि गरे।

‘हाम्रा सबैजसो आर्थिक सूचकहरू सकारात्मक हुँदै गएका छन्। त्यसैले हाम्रो अर्थतन्त्रमा देखिएको शिथिलता पनि कायम रहनेछैन,’ प्रधानमन्त्री दाहालले भने, ‘बजेट निर्माण प्रक्रियालाई समावेशी, वैज्ञानिक र वस्तुपरक बनाउन मैले निकै प्रयास गरे। डेढ वर्षको अवधिमा प्राप्त यो आर्थिक उपलब्धि सानो होइन। म ढुक्कले भन्न सक्छु, देश अब आर्थिक सङ्कटको डिलबाट धेरै बाहिर आइसकेको छ।’

प्रकाशित मिति: १३:२७ बजे, शुक्रबार, असार २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्