Kathmandu Press

क्षेत्रीय विद्युत् व्यापारमा ढोका खुलेको छ : प्रधानमन्त्री

उनले जलविद्युत्मा निजी क्षेत्रको सहभागितालाई उच्च प्राथमिकतामा राखी हालसम्म करिब १० हजार मेगावाटका आयोजनासँग विद्युत् खरिद सम्झौता भइसकेको बताए।
क्षेत्रीय विद्युत् व्यापारमा ढोका खुलेको छ : प्रधानमन्त्री

काठमाडौं, असार २८ : प्रधानमन्त्री पुष्पकमल दाहालले क्षेत्रीय विद्युत् व्यापारमा नेपालको ढोका खुलेको बताएका छन्।

प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा उनले अन्तरदेशीय विद्युत् व्यापारका लागि प्रसारण लाइन निर्माणको क्रम तीव्र गतिमा अगाडि बढेको बताए।

Hardik ivf

‘ऊर्जा क्षेत्रमा प्राप्त उपलब्धि लोभलाग्दो छ। प्रधानमन्त्रीका रूपमा मेरो दोस्रो कार्यकालमा देशले कहालीलाग्दो विद्युत्भार कटौतीबाट मुक्ति पायो। त्यतिखेर त्यो कसैले नसोचेको विषय सम्भव भएको थियो,’ प्रधानमन्त्री दाहालले भने, ‘अब विद्युत्मा पहुँच नभएको नागरिक बाँकी छैन। विद्युत् ऊर्जाको जडित क्षमता करिब तीन हजार दुई सय मेगावाट पुगेको छ भने केही महिनामैँ करिब पाँच सय मेगावाट थप हुने चरणमा छ।’

उनले जलविद्युत्मा निजी क्षेत्रको सहभागितालाई उच्च प्राथमिकतामा राखी हालसम्म करिब १० हजार मेगावाटका आयोजनासँग विद्युत् खरिद सम्झौता भइसकेको बताए।

प्रधानमन्त्री दाहालले हरेक वर्ष करिब एक हजार मेगावाटको हाराहारीमा विद्युत् उत्पादन क्षमता वृद्धि हुने ठाउँमा नेपाल पुगेको बताए। उनले सरकारी निकायबाट ठूला जलाशययुक्त र अर्धजलाशययुक्त आयोजना निर्माणको तयारी पूरा भएको जानकारी दिए।

 

प्रकाशित मिति: १३:२५ बजे, शुक्रबार, असार २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्