Kathmandu Press

कास्कीमा पहिरोले पुरिएर ११ को मृत्यु भएकोबारे संसदको ध्यानाकर्षण

बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद जीवन परियारले कास्कीमा पहिरोबाट घर पुरिदा ११ जनाको मृत्यु भएको ब्रिफिङ गर्दै उचित राहत र उद्धारमा ध्यान दिन सरकारसँग माग गरेका छन्।
कास्कीमा पहिरोले पुरिएर ११ को मृत्यु भएकोबारे संसदको ध्यानाकर्षण

काठमाडौं, असार २८ : सांसदहरूले निरन्तरको वर्षापछि आएको बाढी र पहिरोमा परि भएको धनजनको क्षति भएको घटनाबारे सरकारको ध्यानाकर्षण गराएका छन्।

शुक्रबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा धारणा राख्ने सबैजसो सांसदहरूले बाढी तथा पहिरोले पु¥याएको मानवीय तथा भौतिक क्षतिबारे ध्यानाकर्षण गराएका हुन्।

Hardik ivf

बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद जीवन परियारले कास्कीमा पहिरोबाट घर पुरिदा ११ जनाको मृत्यु भएको ब्रिफिङ गर्दै उचित राहत र उद्धारमा ध्यान दिन सरकारसँग माग गरेका छन्।

‘अविरल वर्षाका कारण देशैभरि विभिन्न विपद्का घटनाहरु भइरहेका छन्। देश अत्यन्त शोकमा छ। कास्कीमा ठूलो पहिरोका कारण जनधनको क्षति भएको छ। मादी गाउँपालिका ११ मा माइती कुमारी गुरुङ वेपत्ता अवस्थामा हुनुहुन्छ,’ उनले भने, ‘पहिरोका कारण एकै परिवारका सात जनाको मृत्यु भएको छ। सरकारले राहत र उद्धारमा सक्रियता देखाउन हार्दिक अनुरोध गर्दछु।’

त्यस्तै, सांसद ठाकुर प्रसाद गैरेले गत हप्ता पनि सरकारको ध्यानाकर्षण गराएको भएपनि सरकारले आवश्यक पूर्वतयारी नगर्दा ठुलो धनजनको क्षति भएको बताए। देशभर बाढी र पहिरोकै कारण कयौं राजमार्ग अवरुद्ध छन्।

प्रकाशित मिति: १३:१८ बजे, शुक्रबार, असार २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्