कांग्रेस–एमाले २०४७ को संविधानमा फर्किन लागे : प्रधानमन्त्री दाहाल
‘दुई ठूला राजनीतिक दलले स्थायित्वको नारा दिनुभएको छ। राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल माओवादी केन्द्र हो। त्यसलाई किनारा लगाएर गर्नुहुन्छ संविधान संशोधन?,’ उनले भने।(5)-1720767216.jpg)
काठमाडौं, असार २८ : प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस-एमालेले २०४७ सालको संविधानको व्यवस्थामा फर्किन लागेको आरोप लगाएको छन्। उनले विश्वासको मतको प्रस्ताव पेश गर्ने क्रममा सम्बोधन गर्दै कांग्रेस एमालेको सहमतिप्रति आशंका गरेका हुन्।
उनले साना दलको अस्तित्व समाप्त गर्ने र समानुपातिक समावेशीको व्यवस्था पनि हटाउने तर्फ लागेको बताए। उनले इतिहासलाई पछाडी फर्काउन खोजिन थालेको उल्लेख गरे।
‘दुई ठूला राजनीतिक दलले स्थायित्वको नारा दिनुभएको छ। राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल माओवादी केन्द्र हो। त्यसलाई किनारा लगाएर गर्नुहुन्छ संविधान संशोधन?,’ उनले भने।
प्रकाशित मिति: १३:१३ बजे, शुक्रबार, असार २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












