Kathmandu Press

‘कांग्रेस–एमाले समझदारीमा प्रतिगमन र निरंकुशता लुकेको छ’

‘मलाई अर्को चिन्ता प्रतिगमन र निरंकुशताको छ। सामान्यतः लोकतन्त्रमा मुख्य प्रतिस्पर्धी दलहरु मिलेर सरकार बनाउँदैनन्, लोकतन्त्र भएका देशहरु अमेरिका, बेलायत, भारत लगायतको देशमा यस्तो अभ्यास गरिएको छैन। जसलाई तपाइँहरुले आर्दश ठान्नुहुन्छ,’ प्रतिनिधिसभामा उनले भने।
‘कांग्रेस–एमाले समझदारीमा प्रतिगमन र निरंकुशता लुकेको छ’

काठमाडौं, असार २८ : प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले र कांग्रेसको सत्ता सहकार्यको समझदारीमा प्रतिगमन र निरंकुशताको झल्को देखिने गरेको चिन्ता व्यक्त गरे।

‘मलाई अर्को चिन्ता प्रतिगमन र निरंकुशताको छ। सामान्यतः लोकतन्त्रमा मुख्य प्रतिस्पर्धी दलहरु मिलेर सरकार बनाउँदैनन्, लोकतन्त्र भएका देशहरु अमेरिका, बेलायत, भारत लगायतको देशमा यस्तो अभ्यास गरिएको छैन। जसलाई तपाइँहरुले आर्दश ठान्नुहुन्छ,’ प्रतिनिधिसभामा उनले भने।

Hardik ivf

विपदका बेला आफूले प्रतिपक्षमा भएपनि सत्तापक्षलाई साथ दिएको बताए।

‘एउटा विषेश परिस्थितिमा हामीले संविधान भूकम्पको बेला मैले प्रतिपक्षी भएपनि म सत्तापक्षको साथ छु भनेको थिएँ। तर आज तपाइँ बाढी पहिरो आउन लाग्यो भनेर मिल्न लाग्नुभएको हो ? संसदको पहिलो र दोस्रो दल मिल्दा जहिले पनि लोकतन्त्रलाई कमजोर बनाएको छ र निरंकुशताको सिर्जना भएको छ,’ उनले भने।

मतका लागि संविधानले प्रधानमन्त्रीलाई एक महिनाको समय दिएको उल्लेख गर्दै आउने दिनमा पनि संविधानको रक्षाका लागि आफू नेतृत्वको पार्टी निरन्तर लागिपर्ने बताए।

प्रकाशित मिति: १३:०७ बजे, शुक्रबार, असार २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्