संविधान संशोधनका नाममा राष्ट्रलाई द्वन्द्वमा नलैजान प्रधानमनत्रीको आग्रह
‘यी सबै ऐतिहासिक र युगान्तकारी घटनाको एक प्रमुख नेताको हैसियतले म साथीहरूलाई भन्छु, सहमति नाघेर र छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर नलैजानुस्,’ प्रधानमन्त्री दाहालले भने।(5)-1720767216.jpg)
काठमाडौं, असार २८ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मतका लागि संवोधन गर्नेक्रममा सहमति नाघेर संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर नलैजान आग्रह गरेका छन्।
प्रधानमन्त्री दाहालले संविधानसभामा संविधान निर्माणको प्रक्रियाका क्रममा व्यापक विचार विमर्श र अधिकतम राष्ट्रिय सहमतिबाट अघि बढेको पनि बताए।
‘यी सबै ऐतिहासिक र युगान्तकारी घटनाको एक प्रमुख नेताको हैसियतले म साथीहरूलाई भन्छु, सहमति नाघेर र छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर नलैजानुस्,’ प्रधानमन्त्री दाहालले भने।
प्रकाशित मिति: १३:०० बजे, शुक्रबार, असार २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












