पछिल्ला नाटकीय घटनाक्रमबाट चिन्तित छु : प्रधानमन्त्री
‘म पहिलो चोटी प्रधानमन्त्री हुँदाखेरी नै कति दिन हो त्यो मलाई त्यति सरोकारको विषय होइन, पुरै अवधि त म जान्न भन्ने मैंले राजनीतिक अनुमान नै लगाइसकेको थिए। तर म चिन्तित यसमा छु कि पछिल्ला नाटकीय घटनाक्रमबाट।’(5)-1720767216.jpg)
काठमाडौं, असार २८ : प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्ला नाटकीय घटनाक्रमबाट आफू चिन्तित भएको बताएका छन्। शुक्रबार प्रतिनिभिसभा बैठकमा विश्वासको मत लिने क्रममा उनले यस्तो बताएका हुन्।
‘सम्मानित सदनबाट मैंले विश्वासको मत पाउँला या नपाउँला, म प्रधानमन्त्री रहुँला या नरहुँला त्यसमा म विल्कुल चिन्तित छैन,’ उनले भने, ‘म पहिलो चोटी प्रधानमन्त्री हुँदाखेरी नै कति दिन हो त्यो मलाई त्यति सरोकारको विषय होइन, पुरै अवधि त म जान्न भन्ने मैंले राजनीतिक अनुमान नै लगाइसकेको थिए। तर म चिन्तित यसमा छु कि पछिल्ला नाटकीय घटनाक्रमबाट।’
साथै उनले संसदको पहिलो र दोस्रो ठुलो दल कांग्रेस र एमाले विश्वास र निश्चित उद्देश्यले जोडेको भए चिन्ताको विषय नहुने उल्लेख गरे। उनले एमाले र कांग्रेसलाई डरले मात्र जोडेको जिकिर गरे।
‘त्यो डर हो जसले तपाईलाई जोडेर राखेको छ, त्यो हो शुसासन, शुसासन कायम हुँदै जान थाल्यो भन्ने डरले यीनिहरूले हात मिलाएका हुन्। तर थाहा छ की छैन तिमीहरूको मूल्यांकन जनताले गरिरहेका छन्,’ उनले भने।












