Kathmandu Press

प्रतिपक्षमा पुगे पनि आनौठो लागेको छैन : प्रधनमन्त्री दाहाल

‘मैले त यसपटक नयाँ समीकरण बन्दै गर्दा तपाईंहरूको अभिव्यक्ति सुनेपछि मिल्नुस्, म प्रतिपक्षमा जानेछु भनेको थिएँ । आज त्यही दिन आयो, मैले अनौठो त मानेको छैन,’ उनले भने।
प्रतिपक्षमा पुगे पनि आनौठो लागेको छैन : प्रधनमन्त्री दाहाल

काठमाडौं, असार २८ : प्रधानमन्त्री पुष्पकमल दाहालले आफू प्रतिपक्षमा पुगे पनि आफूलाई कुनै अनौठो नलागेको बताएका छन्।

प्रतिनिधिसभाबाट शुक्रबार विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री दाहालले उक्त भनाई राखेका हुन्। दाहालले प्रधानमन्त्रीका रुपमा शुक्रबार पाँचौँपटक विश्वासको मत लिँदै छन्।

‘मैले त यसपटक नयाँ समीकरण बन्दै गर्दा तपाईंहरूको अभिव्यक्ति सुनेपछि मिल्नुस्, म प्रतिपक्षमा जानेछु भनेको थिएँ । आज त्यही दिन आयो, मैले अनौठो त मानेको छैन,’ उनले भने।

आफ्ना भनाई राख्नेक्रमम अँध्यारो र बन्द कोठामा दुई ठूला दल मिल्नका लागि सहमती गरिएको पनि प्रधानमन्त्री दाहालले बताए।

प्रकाशित मिति: १२:५३ बजे, शुक्रबार, असार २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्