‘सुशासनमा कुनै सम्झौता नगर्ने प्रतिबद्धतापछि अहिलेको राजनीतिक अवस्था सिर्जना भयो’
‘जनता जाग्नुस्, अब जनता जाग्ने बेला भयो, होइन भने फेरि देश माफियाकै हातमा जान लाग्यो,’ उनले भने, ‘यति धेरै हाइ प्रोफाइल कहिल्यै पक्राउ परेका छन् । अहिले पनि उपप्रधानमन्त्री भएका व्यक्ति प्रहरी हिरासतमै हुनुहुन्छ।’(7)-1720767831.jpg)
काठमाडौं, असार २८ : प्रधानमन्त्री पुष्पकमल दाहालले सुशासनमा कुनै सम्झौता नगर्ने अठोट र प्रतिबद्धताका कारण पछिल्लो राजनीतिक अवस्था सिर्जना भएको बताएका छन्।
प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा उनले प्रधानमन्त्रीका रूपमा आफूले सुशासनको संकल्प गरेको उल्लेख गर्दै जनताले आफ्नो देखाउने समय आएको बताए।
‘मैले संकल्प गरेको थिएँ, जनताको हामीप्रति एक ढंगको असन्तोष छ भन्ने तथ्य लुकाएर होइन, त्यसलाई स्वीकार गरेर त्यो अवस्था बदल्न म कृतसंकल्पित छु,’ प्रधानमन्त्री दाहालले भने, ‘सरकारले राज्यबाट जनतालाई प्रदान गरिने सेवाप्रवाहको सरलीकरणको प्रयास गर्यो । सरकारले विश्वविद्यालयमा मेरिटोक्रेसीको प्रयास गर्यो। सरकारले जनतालाई सुशासनको ठोस अनुभूति दिने प्रयास गर्यो।’
उनले देशको एउटा विशेष वर्ग कानुनभन्दा माथि छ भन्ने भाष्य र त्यसले जनतामा जागेको असन्तोषलाई सम्बोधन गर्ने प्रयास गरिएको बताए। उनले कुनै यती, कुनै ओम्नी र कुनै गिरिबन्धुहरूको बोझ र कलंक नबोकी पनि सरकार चलाउन सकिन्छ भन्ने उदाहरण आफूले पेश गरेको बताए।
प्रधानमन्त्री दाहालले देश माफियाको हातमा जान लागेको भन्दै जनता जाग्ने बेला भएको बताए।
‘जनता जाग्नुस्, अब जनता जाग्ने बेला भयो, होइन भने फेरि देश माफियाकै हातमा जान लाग्यो,’ उनले भने, ‘यति धेरै हाइ प्रोफाइल कहिल्यै पक्राउ परेका छन् । अहिले पनि उपप्रधानमन्त्री भएका व्यक्ति प्रहरी हिरासतमै हुनुहुन्छ।’
आफू सरकारमा नभए पनि नक्कली भूटानी शरणार्थी प्रकरणसहितका काण्डको कसरी पटाक्षेप हुन्छ भनेर निगरानी गरिरहने प्रधानमन्त्रीले दाहालले बताए ।












