‘विपद्को घडीमा विश्वासको मत लिनु विडम्बनापूर्ण लाग्छ’
विषम परिस्थितिमा आफूले बिहानै आजै विश्वासको मत माग्ने नमाग्ने भनेर सोचेको बताउँदै उनले दुई ठूला दलहरु मिलेर नयाँ सरकार गठनका लागि लागेको बेला समय सा¥यो भने अनर्थ लाग्ल भनेर आफूले आजै विश्वासको म लिन लागेको बताए।(3)-1720767217.jpg)
काठमाडौं, असार २८ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्ला दिनमा आएको अबिरल वर्षा, बाढी र पहिरोका कारण ज्यान गुमाउनुहुने नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्।
प्रतिनिधिसभाबाट शुक्रबार विश्वासको मत लिने क्रममा प्रधानमन्त्री दाहालले विपदमा परी घाइतेहरू हुनुभएकाको शीघ्र स्वास्थ्यलाभको कामना गरे।
विषम परिस्थितिमा आफूले बिहानै आजै विश्वासको मत माग्ने नमाग्ने भनेर सोचेको बताउँदै उनले दुई ठूला दलहरु मिलेर नयाँ सरकार गठनका लागि लागेको बेला समय सा¥यो भने अनर्थ लाग्ल भनेर आफूले आजै विश्वासको म लिन लागेको बताए।
‘मनसुनबाट सृजित प्राकृतिक विपद्हरुको सामना गर्ने तयारी गर्नुपर्ने बेलामा हामी फेरि सरकार र विश्वासको मत लिने नलिने भन्नेतरि केन्द्रित हुनुपर्ने बिडम्बनाको स्थितिमा छौं । मैंले यस विषयमा कसैलाई खोजेको त होइन तर यो बिडम्बना जस्तै लाग्छ,’ उनले भने, ‘मैले उम्कन त सोचेको थिए आज बिहान दुईवटा बस बगेको, कास्कीमा ११ जनाको मृत्यु भएको र अन्य ठाउँमा पनि यस्तै घटनाहरु भइरहेको बेलामा आज नै मैंले विश्वासको मत माग्ने उचित हुन्छ होला कि हुन्न होला? तर दुई ठुला दलहरु सहमत भएर छिटो सरकार बनाउनेतर्फ उद्दत भएर लागेपछि पछि सार्यो भने अर्को अर्थ लाग्ला भनेर मंैले यस्तो कुरा गर्न लागिन।’
प्रधानमन्त्रीले अविरल वर्षा, बाढी, पहिरो र जनधनको ठूलो क्षतिको विषम परिस्थितिमा संसदको पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउने नेपाली कांग्रेस र नेकपा (एमाले)को सहमतिपछि विशेषगरी एमालेले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि आफू सदनमा विश्वासको मतका लागि पुनः उपस्थित भएको जानकारी गराए।












