Kathmandu Press

‘संविधानमा सबैभन्दा ठूलो लगानी माओवादीको छ, यसलाई कमजोर बनाउन दिइन्न’

‘यो संविधानमा माओवादी केन्द्रको सबैभन्दा ठूलो लगानी छ। त्यसैले यसलाई माओवादीले कमजोर बनाउँदैन र बनाउन पनि दिँदैन,’ प्रधानमन्त्री दाहालले भने।
‘संविधानमा सबैभन्दा ठूलो लगानी माओवादीको छ, यसलाई कमजोर बनाउन दिइन्न’

काठमाडौं, असार २८ : प्रधानमन्त्री पुष्पकमल दाहालले यो संविधानमा नेकपा माओवादी केन्द्रको सबैभन्दा ठूलो लगानी भएको बताएका छन्।

संसदका विश्वासको मतको प्रस्ताव राख्ने क्रममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधानलाई माओवादीले कमजोर नबनाउने र बनाउन पनि नदिने स्पष्ट पारे।

Hardik ivf

उनले कांग्रेस र एमालेबीचको संविधान संशोधन गर्ने सहमतिले संविधानलाई प्वाल पारेर कमजोर बनाएको बताए।

‘यो संविधानमा माओवादी केन्द्रको सबैभन्दा ठूलो लगानी छ। त्यसैले यसलाई माओवादीले कमजोर बनाउँदैन र बनाउन पनि दिँदैन,’ प्रधानमन्त्री दाहालले भने।

विश्वासको मतका लागि संविधानले प्रधानमन्त्रीलाई एक महिनाको समय दिएको उल्लेख गर्दै आउने दिनमा पनि संविधानको रक्षाका लागि आफू नेतृत्वको पार्टी निरन्तर लागिपर्ने बताए।

‘उत्पीडित वर्ग, क्षेत्र, लिंग, समुदायको दशक लामो विद्रोह र त्यसपछिका आन्दोलनहरूको जगमा बनेको यो संविधानलाई मध्यरातमा झम्टीझम्टी च्यात्न खोज्दा पनि सडकमा पलेटी कसेर जनताको साथ लिएर बचाइएको हो र आउने दिनमा पनि त्यसरी नै बचाइनेछ,’ उनले भने।

प्रकाशित मिति: १२:३५ बजे, शुक्रबार, असार २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्