Kathmandu Press

‘प्राकृतिक विपद्का घट्नाप्रति सरकार गम्भीर छैन्’

सांसद सिंहले हरेक वर्ष आउने बाढी र पहिरोमा परि करोडौं मूल्यको जनधन र मानवीय क्षति हुनेको गरेको उल्लेख गर्दै सरकारले कुनै तदारुकता नदेखाएको बताए।
‘प्राकृतिक विपद्का घट्नाप्रति सरकार गम्भीर छैन्’

काठमाडौं, असार २८ : सांसद अमरेशकुमार सिंहले प्राकृतिक विपद्बाट घट्ने घटनाहरुमा सरकार गम्भीर नभएको बताएका छन्।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले हरेक वर्ष आउने बाढी र पहिरोमा परि करोडौं मूल्यको जनधन र मानवीय क्षति हुनेको गरेको उल्लेख गर्दै सरकारले कुनै तदारुकता नदेखाएको बताए।

Hardik ivf

‘हाम्रो सरकार र हामी मानवीय क्षतिमा गम्भीर हुनुपर्दछ। यो देशमा असार आउने वित्तिकै कुन नागरिकको मृत्यु कता हुन्छ कसैलाईलाई थाहा हँुदैन। सरकारले पनि कुनै तदारुकता देखाउँदैन,’ उनले भने, ‘हरेक वर्ष आउने बाढी र पहिरोले करौडौंको क्षति र सयौं नागरिकले अकालमै ज्यान गुमाउनुपरेको हुन्छ। सरकारले पूर्व तयारी गरिररहेको भनेपनि कुनै तयारी गरेको देखिँदैन।’

अविरल वर्षापछि आएको बाढी र पहिरोमा परि घाइते भएका नागरिकको उपचार सरकारले व्यहोर्नुपर्ने सिंहको भनाइ छ।

‘घाइतेहरुको उपचार सरकारी खर्चबाट होस्। अहिले सबैभन्दा ह्रदयविदारक घटनामा सरकारले वेपत्ताको खोजी र उद्धारमा तदारुकता देखाउन जोडदार माग गर्दछु,’ उनले भने।

प्रकाशित मिति: १२:०४ बजे, शुक्रबार, असार २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्