Kathmandu Press

प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्न– नदीमा खसेको बस र यात्रुहरूको अवस्था के छ?

‘सरकार यति कमजोर भएकै हो र? पहिरोमा खसेको बस पत्ता लगाउन सकिरहेको छैन, यात्रु पत्ता लगाउन सकिरहेको छैन, आठ घन्टा बितिसक्यो,’ उनले भने।
प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्न– नदीमा खसेको बस र यात्रुहरूको अवस्था के छ?

काठमाडौं, असार २८ : आम जनता पार्टीका अध्यक्ष प्रभु साहले रौतहट र पर्सा जिल्ला शोकमा डुबेको बताएका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले देश नै  स्तब्ध भएको बताएका हुन्।

‘काठमाडौंबाट रौतहट जाँदै गरेको बस र वीरगञ्जबाट काठमाडौं हिँडेको बस नारायनगढ मुग्लिन सडक खण्डको सिमलटार नजिक बेपत्ता छ,’ उनले भने, ‘त्यसले देशलाई स्तब्ध बनाएको छ। नदीमा खसेको बस र यात्रुहरूको अवस्था के छ म सरकारको जवाफ चाहन्छु।’

Hardik ivf

साथै उनले आठ घन्टा बितिसक्दा पनि किन उद्दार हुन सकेन भन्दै सरकारको ध्यानाकर्षण गराए। राज्य र सरकार किन यति कमजोर भएको भन्दै  उनले  प्रश्न गरे।

‘सरकार यति कमजोर भएकै हो र? पहिरोमा खसेको बस पत्ता लगाउन सकिरहेको छैन, यात्रु पत्ता लगाउन सकिरहेको छैन, आठ घन्टा बितिसक्यो,’ उनले भने।

उनले घटनामा के भैइरहेको छ सबै जानकारी देशबासीलाई दिन प्रधानमन्त्रीलाई आग्रह गरे।  

प्रकाशित मिति: १२:०१ बजे, शुक्रबार, असार २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्